काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सरकारीनिवास छाडेका छन् ।
लैनचौरस्थित सरकारीनिवास छाडेर सापकोटा कौशलटार सरेका छन् ।
सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेका अनुसार सभामुख सापकोटाले सरकारी सेवा सुविधा पनि त्याग गरेको घोषणा गरेका छन् । शनिबार मात्रै सापकोटाले संसदीय राजनीति नगर्ने भन्दै ४ मंसरमा हुने निर्वाचन प्रक्रियाबाट औपचारिक रूपमा अलग भएको घोषणा गरेका थिए ।
