उदयशमशेरले ललितपुर १ बाट उम्मेदवारी दर्ता गराए

काठमाडौं । कांग्रेसका उदयशमशेर राणाले ललितपुर १ बाटउम्मेदवारी दर्ता गराएका छन् । ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्यका लागि ललितपुर १ बाट उनले उम्मेदवारी दर्ता गरेका हुन् ।

यसअघि २०७४ सालमा एमालेका उम्मेदवार नवराज सिलवालसँग उनी सोही क्षेत्रमा पराजित भएका थिए ।

४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका निर्वाचनका लागि आइतबार मनोनयन दर्ता प्रक्रिया जारी छ ।


Recommended For You