गिरिराजमणि पोखरेल चौथोपटक महोत्तरी १ बाट उम्मेदवार

महोत्तरी । माओवादी केन्द्रका उपमाहासचिव गिरिराजमणि पोखरेलले महोत्तरी १ बाट मनोनयन दर्ता गरेका छन् । ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि पोखरेलले महोत्तरी १ बाट मनोनयन दर्ता गराएका हुन् ।

यसअघि तीनपटक यही क्षेत्रबाट निर्वाचित भइसकेका पोखरेलको चौथो प्रतिस्पर्धामा उत्रिएका छन् । उनी सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । नेकपा एमालेका उम्मेदवा लक्ष्मी महतोसँग उनको प्रतिस्पर्धा हुने भएको छ ।

यसअघि महतो पोखरेलसँगै पराजित भएका थिए ।


Recommended For You