निर्वाचनमा प्रतिगामी र अधिनायकवादीलाई रोक्नुपर्छ : पौडेल

तनहुँ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले ४ मंसिरमा हुन लागेको निर्वाचन सामान्य अवस्थाको नभएको बताएका छन् । तनहुँको दमौलीमा मनोनयन दर्ता गराउनुअगाडि आयोजित सभालाई सम्बोधन गर्दै नेता पौडेलले आगामी निर्वाचन प्रतिगामी रअधिनायकवादलाई रोकेर देशलाई अग्रमगनतर्फ लैजाने अभियान भएको बताए ।

उनले भने, ‘यो निर्वाचन सामान्य निर्वाचन होइन । देशलाई अग्रमगनतर्फ लैजाने कि फेरि प्रतिगामी र अधिनायवादी बाटोमा होम्ने भन्ने जनमत संग्रह पनि हो ।’

पौडेलले आफूहरू संविधान जोगाउने, जनतामा आशा जगाउने अभियानमा लागेको बताउँदै भ्रष्टचार, विकृत र विसंगतिलाई हटाएर आम नागरिकमा आशा सञ्चार दिन आफूहरूले चाहेको बताए ।

पौडेलले मुलुकमा यति ठूलो परिवर्तन र यति धेरै अधिकार प्राप्त संविधान पाउँदा पनि नेपाली किन सन्तुष्ट हुन सकिरहेका छैनन् भन्ने उत्तरको खोजीमा आफू रहेको बताए ।


Recommended For You