सप्तरी २ मा त्रिपक्षीय प्रतिस्पर्धा

सप्तरी । सप्तरी २ मा प्रतिनिधिसभा सदस्य पदका लागि जसपा अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सिके राउत)को उम्मेदवारी परेसँग माहाेल तातेकाे छ ।

यादव २०७४ को चुनावमा सप्तरी २ बाट प्रतिनिधिसभा सदस्यमा विजय भएका थिए भने राउतको यो पहिलो प्रतिस्पर्धा हुनेछ ।
राउत गठबन्धनविना नै चुनाव लड्दैछन् भने यादवले पाँच दलीय गठबन्धनबाट अलगिएर एमालेकाे समर्थनमा चुनावी मैदानमा उत्रिएका हुन् । सप्तरी २ मा सत्तारुढ गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता जयप्रकाश ठाकुरले उम्मेदवारी दिएका छन् ।

 

 


Recommended For You