अर्घाखाँची । प्रतिनिधिसभा अर्घाखँचीमा त्रिपक्षी रोेच भिडन्त देख्न पाइने भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिएसँगै अर्घाखाँचीमा राजनीतिक दलहरूले चुनावी गतिविधि तीव्र पारेका छन् । एमाले केन्द्रीय सचिव टोपबहादुर रायमाझी, कांग्रेस नेतृ पुष्पा भुसाल र स्वतन्त्रबाट पत्रकार हरिप्रसाद भुसालको उम्मेदवारीले अर्घाखाँचीमा तरंग ल्याएको छ ।
१५ वर्षदेखि अर्घाखाँचीमा एकछत्र चुनाव जितेका रायमाझी जिल्लाको प्रतिनिधित्व गर्दै संसद््मा पुगेकी पुष्पा भुसाल र जिल्लामै बसेर सामाजिक गतिविधिमा सक्रिय भुसालको उम्मेदवारीले चुनावी रौनक बढेको हो ।
रायमाझी र भुसाल मैदानमा रहे पनि बाजी आफूले स्वतन्त्र उम्मेदार भुसालले बताए । यहाँ मतदाता भने उपप्रधानमन्त्रीसमेत बनेका टोपबहादुर रायमाझी र गठबन्धनकी उम्मेदवार पुष्पा भुसालको कडा प्रतिस्पर्धा रहेको बताउँछन् ।
स्थानीय तहको निर्वाचनको मतका आधारमा अर्घाखाँचीमा र गठबन्ध रहेकाले कांग्रेस नेतृले आफूहरूको सहज जित हुने बताइन् । ुहामीसँग यसै पनि बहुमत छ,ु कांग्रेस अर्घाखाँचीका सभापति केशव श्रेष्ठले भने ।
घण्टी चुनाव चिह्न लिएर मैदानमा उत्रिएका स्वतन्त्र पत्रकार हरिप्रसाद भुसालले आफ्नो प्रतिष्प्रधा कुनै व्यक्ति वा पार्टीसँगभन्दा पनि प्रवृत्तिसँग रहेको जिकिर गरे । यसपटक अर्घाखाँचीले नयाँ सन्देश दिने उनको विश्वास छ ।
