नेक्सस क्रिकेट एकेडेमी पेप्सीकाेला काठमाडौं काे निमन्त्रणामा नेपाल पुगेकाे भारतकाे चर्चित एकेडेमी सराेजनीराम क्रिकेट एकेडेमी का बीच आज बाट काठमाडौं काे मुलपानी क्रिकेट रंगशालामा शुरू भएकाे एकेडेमी स्तरीय एकदिवसीय ईन्डाे – नेपाल मैत्रीपुर्ण सिरिज काे पहिलाे दिन नेक्ससले शुरूवाती ब्याटिङ गर्दै निर्धारित ३० ओभरमा ५ बिकेट काे क्षेतिमा ३०२ रन काे पारी खेलेकाे थियाे ।
नेक्ससका ओपनर रित गाैतम १ रन र बिपिन शाही ५ रनमै पेबिलिएन फर्किदा उत्तम थापा मगर ले पनि १८ रनमै समेटिनु परे पछि संकटमा परेकाे नेक्सस लाई साैरभ साखकर्मी र अशाेक पाैडेल काे जाेडीले उत्कृष्ट प्रदर्शन गर्दा विशाल लक्ष्य बनाउन सफल भयाे । साैरभ ६० बलमा ६० रनमा आउट भए भने अशाेक पाैडेल ले ११३ रन बनाउन सफल रहे । टिम लाई अनिल शाहले ६३ रनकाे याेगदान गर्दा विशाल रन बन्न पुगेकाे हाे । सम्राट भुषाल नट आउट 2 रन हुदा बर्षाका कारण ३० ओभरमा छाेट्याईएकाे खेलकाे निर्धारित ओभर समाप्त हुदा नेक्सस ले ३०२ रन बनाउन सफलकाे थियाे ।

बलिङतर्फ भारतिय एकेडेमी सराेजनीराम का बलर साहिल लाेट, प्रितम जी, माेहमद अजमद, दुर्गेश अग्रवाल र अमन लाेहिया ले समान १-१ बिकेट लिएका थिए ।
विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रेकाे सराेजनीराम क्रिकेट एकेडेमीका ब्याटसम्यान हरू राहुल बेन्स २५, सुरेश सिंह २१ र माेहमद अहमद १६ रन मात्र बनाउदा अन्य ब्याट्सम्यान ले दाेहाेराे अंक बनाउन सकेनन । २३.२ ओभर मा सबै बिकेट गुमाउदै १३१ रन मात्र बनाएउदा नेक्सस संग १७१ रन काे विशाल अन्तर ले पराजित भएकाे हाे ।
नेक्सस क्रिकेट एकेडेमीका बलर सुमित बुढाथोकी ले ३ बिकेट, सक्रिय कार्कीले २ र सागर घिमिरेले १ बिकेट लिएका थिए । खेलका म्यान अफ दि म्याच अशाेक पाैडेल भएका थिए ।
भारतीय एकेडेमी संग नेक्ससले ३ एक दिबसीय र २ टि ट्वाईन्टी खेल खेल्ने छ ।
