अनुशासित नागरिक उत्पादन गर्न र देशलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन खेलकुदको विकास आावश्यक : प्रकाशमान सिंह

काठमाडौँ । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अनुशासित नागरिक उत्पादन गर्न र देशलाई अन्तराष्ट्रिय क्षेत्रमा चिनाउनका लागि खेलकूदको आवश्यक भएको बताउनुभएको छ । शनिबर भक्तपुर जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उद्घाटन गर्ने क्रममा सिंहले सो कुरा बताउनुभएको हो ।

असल र अनुशासित नागरिक उत्पादनका लागि पनि खेलकूदको भूमिका महत्वपूर्ण रहने उहाँको भनाइ छ । उहाँले जति बढी खेलाडी उत्पादन गर्न सक्यौं त्यति नै मात्रामा अनुशासित र असल नागरिक उत्पादन हुने कारणले गर्दा खेलकुदको विकासलाई सबैले बुझ्नुपर्छ ।

सिंहले खेलकूदले खेलाडीको स्वास्थ्य राम्रो हुने भन्दै आफ्नो रुची भएको कुनै न कुनै खेलमा लाग्न पनि सुझाव दिनुभयो । विद्यार्थीको समग्र व्यक्तित्व विकासका लागि खेलकुद पनि आवश्यक छ । उहाँले विद्यार्थीको व्यक्तित्व विकासका लागि अनुशासन आवश्यक पर्ने र खेलकूदले अनुशासित बन्न सिकाउने भएकाले खेलकुद मानव जीवनका लागि आवश्यक रहेको बताउनुभयो।

 


Recommended For You