काठमाडौं । काठमाडौं जिल्ला समन्वय समितिले काठमाडौं जिल्ला अन्तरपालिका फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । चैत २ देखि ९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा काठमाडौं जिल्लाका पालिकाको सहभागिता रहने समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकीले बताउनुभयो ।
पहिलो पटक आयोजना हुन लागेको प्रतियोगिताका सबै खेल हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा सञ्चालन गरिने बुढाथोकीले बताउनुभयो । प्रतियोगिताको विजेताले टिमले २ लाख र उपविजेताले टिमले एक लाख रुपैयाँ पाउने छन् ।
यसैगरी प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्तालाई जनही १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितालाई अखिल नेपाल फुटबल संघ (एन्फा) ,सशस्त्र प्रहरी बल, काठमाडौं जिल्ला खेलकुद विकास समितिले प्राविधिक सहयोग गर्ने जनाइएको छ ।
