नेपाल फेरि पनि उपविजेता

काठमाडौँ । नेपाल फाइनल खेलमा फेरि पनि असफल भएको छ । चार देशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधिका लागि उच्च मनोबलसाथ मैदान उत्रेको नेपालले उपविजेतामै चित्त बुझाउनुपरेको छ ।

फाइनल म्यानमारले जितेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा म्यानमारले नेपाललाई २-० गोलले पराजित गर्दै उपाधि जितेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । पहिलो हाफमा नेपालले निकै राम्रो प्रदर्शन समेत गरेको थियो । खेलको दोस्रो हाफमा भने म्यानमारले २ गोल गरेर नेपाललाई घरेलु मैदानमा स्तब्ध पारिदियो । २ गोलले पछि परेको नेपाल पछि खेलमा फर्कनै सकेन ।


Recommended For You