जनकपुरले चक्मा दियो बिराटनगरलाई

नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सले विराटनगर किंग्सलाई चक्मा दिँदै ८ विकेटले विजय हासिल गरेको छ । कीर्तिपूरमा भएको उद्घाटन खेलमा जनकपुरले विराटनगर किंग्सलाई ८ विकेटले पराजित गरेको हो ।

जनकपुर बोल्ट्सका मिलान्थाको अविजित अर्धशतक मद्दतमा विराटनगरले दिएको १२८ रनको लक्ष्य जनकपुरले १५.३ ओभरमा २ विकेटको क्षतीमा १३१ रन बनाउँदै पूरा गरेको थियो ।


Recommended For You