एमालेबाट हत्या अभियोगमा फरार अभियुक्त महतोको उम्मेदवारी

महोत्तरी । हत्या अभियोगमा फरार सूचीमा रहेका लक्ष्मी महतोले महोत्तरी १ बाट मनोनयन दर्ता गराएका छन् । आइतबार जसपा परित्याग गरी एमाले प्रवेश गरेलगत्तै उनले प्रतिनिधिसभाका लागि एमालेबाट टिकट पाएका हुन् ।

महतोले आफ्नो प्रतिनिधि मिथिलेश साहमार्फत मनोनयन दर्ता गराएका थिए । मधेस आन्दोलनमा नेपाल प्रहरीका असई थमन विकलाई हत्या गर्ने मुख्य योजनाकारको रूपमा वारेन्ट जारी भएका महतो फरार अभियुक्त हुन् ।

उनलाई निर्वाचन आयोगले सफाइ दिए, माओवादी केन्द्रका उपमाहासचिव गिरिराजमणि पोखरेलसँग प्रतिस्पर्धा गर्नेछन् । यसअघिको निर्वाचनमा पनि महतो संघीय समाजवादी फोरमबाट पोखरेलसँगैको प्रतिस्पर्धामा पराजित भएका थिए ।


Recommended For You