भक्तपुर १ मा प्रेम सुवालको चौथोपटक उम्मेदवारी

भक्तपुर । नेपाल मजदुर किसान पार्टीले भक्तपुर क्षेत्र नम्बर १ मा पार्टीका केन्द्रीय सचिव प्रेम सुवाललाई नै प्रतिनिधिसभामा उठाएको छ । ०७४ मा पनि भक्तपुर क्षेत्र नम्बर १ बाट विजयी भएका सुवाल पार्टीकोतर्फबाट पुन: उम्मेदवार बनेका हुन् ।

पार्टी अध्यक्ष नारायणमान बिजुक्छेंपछि उनी यो क्षेत्रबाट निरन्तर विजयी हासिल गर्दै आएका छन् । उनी यस क्षेत्रबाट तीनपटक विजयी भइसकेका छन्। प्रदेश सभातर्फ भने क्षेत्र नम्बर १ (क) मा मीनबहादुर बाटा र (ख) मा सुरेन्द्रराज गोसाई छन् ।

 


Recommended For You