काठमाडौंका १० क्षेत्रमा २ सय ६५ उम्मेदवार

काठमाडौं । ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं जिल्लाको १० वटा निर्वाचन क्षेत्रमा दल र स्वतन्त्र गरी २ सय ६५ जनाले उम्मेदवारी दिएका छन् ।

निर्वाचन आयोगका अनुसार उम्मेदवारी दिनेमा २ सय २६ जना पुरुष र ३९ जना महिला छन् । काठमाडौं १ मा २२ जना पुरुष र १० जना महिला गरी कुल ३२ जनाको उम्मेदवारी परेको छ । काठमाडौं २ मा २६ जना पुरुष र ५ जना महिला गरी कुल ३१ जनाले उम्मेदवारी दिएका छन् ।

काठमाडौं ३ मा २१ जना पुरुष र ३ जना महिला गरी कुल २४ जनाको उम्मेदवारी परेको छ । काठमाडौं ४ मा ३३ जना पुरुष र २ जना महिला गरी कुल ३५ जनाले उम्मेदवारी दिएका छन् ।

यस्तै, काठमाडौं ५ मा २६ जना पुरुष र ४ जना महिला गरी कुल ३० जनको उम्मेदवारी परेको छ । काठमाडौं ६ मा २३ जना पुरुष र १ जना महिला गरी कुल २४ जना उम्मेदवार मैदानमा उत्रेका छन् ।

निर्वाचन आयोगका अनुसार काठमाडौं ७ मा २४ जना पुरुष र ५ जना महिला गरी कुल २९ जनाले उम्मेदवारी दिएका छन् । काठमाडौं ८ मा १७ जना पुरुष र २ जना महिला गरी १९ जनाको उम्मेदवारी परेको छ ।

यसैगरी, काठमाडौं ९ मा १७ जना पुरुष र ५ जना महिला गरी २२ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ । काठमाडौं १० मा १७ जना पुरुष र २ जना महिला गरी कुल १९ जनाको उम्मेदवारी परेको छ ।

 


Recommended For You