अंश, वंश र अर्थको भरमा राजनीति चल्न दिन्न : कोइराला

चितवन । चितवन ३ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका दिनेश कोइरालाले अंश, वंश र अर्थको भरमा राजनीति चल्नको बताए । कोइरालाले शुक्रबार पत्रकार सम्मेलनको आयोजना यस्तो विकृतिविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएको बताए ।

गठबन्धनका तर्फबाट माओवादी केन्द्रका डा. भोजराज अधिकारीविरुद्ध बागी उम्मेदवारी दिएका छन् । कोइरालालाई कांग्रेसले पाँच वर्षका लागि निलम्बन गरिसकेको छ । कांग्रेसको १४औं महाधिवेशनबाट लोकप्रिय मतका साथ खुला केन्द्रीय सदस्यमा निर्वाचित कोइराला संस्थापन इतर समूहका नेता हुन् । भावुक हुँदै उनले आफ्नो उम्मेदवारी बागी र विद्रोहीभन्दा धेरैमाथि भएको बताए ।

‘पार्टीभित्र बोलेका कुरा कसैले नसुनेपछि पिँजडाको सुगा र अन्य पार्टीको दास बन्न नसकेर यो निर्णय गर्न बाध्य भए बताए । पारिवारिक शासन चल्न नदिने आफ्ना मुख्य एजेन्डासाथ उम्मेदवारी दिएको प्रस्ट पारे ।


Recommended For You