निर्वाचन आयोगले गठबन्धनकी उम्मेदवार बिना मगरलाई सोध्यो चौबिसघण्टे स्पष्टीकरण

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन कञ्चनपुर १ मा उम्मेदवारी दिएकी बिना मगरलाई चौबिसघण्टे स्पष्टीकरण सोधेको छ । मगरलाई २५ जनाभन्दा बढी साथमा लिई घरदैलो कार्यक्रम गरेको सम्बन्धमा स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।

मगरले निर्वाचन क्षेत्रअन्तर्गतको बेलौरी नगरपालिकामा निर्वाचन आचारसंहिताविपरीत हुने गरी २५ जनाभन्दा बढी साथमा लिई घरदैलो कार्यक्रम गरेको र उक्त विषय आफ्नै फेसबुक पेजबाट समेत सार्वजनिक भएको विषयमा उजुरी परेकाले स्पष्टीकरण सोधिएको हो । ‘उल्लेखित सन्दर्भमा तपाईंबाट निर्वाचन आचारसंहिताको प्रतिकूल हुनेगरी बेलौरी नगरपालिकामा निर्वाचन प्रचारप्रसार तथा घरदैलो कार्यक्रम भएको छैन भन्ने आधार कारण के छ ?,’ आयोगले स्पष्टीकरणपत्रमा मगरलाई सोधेको छ ।

 


Recommended For You