जिल्ला समन्वय समिति काठमाडौँले उपत्यकाव्यापी पालिकास्तरी फुटबल र जिल्लाव्यापी वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने

काठमाडौँ । जिल्ला समन्वय समिति काठमाडौँले उपत्यकाव्यापी पालिकास्तरीय खुल्ला फुटबल र जिल्लाव्यापी वक्तृत्वकला प्रतियोगिता गर्ने भएको छ ।

प्रतियोगिता सम्पन्न गर्नका लागि जिल्ला समन्वय समिति काठमाडौँको संयोजनमा आज काठमाडौँ जिल्लाका पालिकाहरूको खेलकुद एवं शिक्षा शाखाका प्रतिनिधिहरूसँग तयारी बैठक बसेको थियो । बैठकमा सबैले प्रतियोगिता सम्पन्न गर्न सहयोग/सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

उपत्यकाव्यापी पालिकास्तरीय फुटबल प्रतियोगिता यही फागुन २० गतेबाट शुरू हुने बताइएको छ । यस प्रतियोगिताको प्रथम हुने टिमले नगद रू. ५,००,०००।– र द्वितीय हुने टिमलाई नगद रू. २,५०,०००।–, ट्रफी, मेडल र प्रमाण-पत्र प्रदान गरिने जिल्ला समन्वय समिति काठमाडौँका प्रमुख सन्तोष बुढाथोकीले बताउनुभयो । त्यस्तै उत्कृष्ट खेलाडीलाई नगद रु. ५०,०००।–, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोकलकर्तालाई २५,०००।– नगद सहित खेलाडीलाई ट्रफीले सम्मान गरिने बुढाथोकीको भनाइ छ ।

उपत्यकाव्यापि पालिकास्तरी खुल्ला फुटबल प्रतियोगिता सशस्त्र प्रहरी बलको हलचोकस्थित फुटबल मैदानमा हुने आयोजकले बताएको छ ।

त्यस्तै जिल्लाव्यापि वक्तृत्वकला प्रतियोगिता भने आगामी नयाँ वर्ष २०८२ साल वैशाख महिनामा जिल्ला समन्वय समितिकै हलमा गरिने जनाइएको छ ।

 

Recommended For You