काठमाडौँ । चार देश सम्मिलित इन्टरनेसनल वुमन्स च्याम्पियनसिप फुटबल प्रतियोगिता नेपालको दशरथ रङ्गशालामा सुरू भएको छ । प्रतियोगितामा घरेलु टोली नेपालसहित म्यानमार, लेबनान र कीर्गिस्तानले प्रतिस्पर्धा गरिरहेका छन् ।

घरेलु टिम नेपालले पहिलो खेलमा कीर्गिस्तानलाई १–० गोलले पराजित गर्यो । विजयी सुरूवात गरे पनि नेपालको प्रदर्शन भने फितलो थियो । कयौँ अवसर प्राप्त हुँदा पनि फिनिसिङ्मा नेपाल चुकेको थियो ।
उता प्रतियोगिताको पहिलो खेलमा भने म्यानमारले लेबनानलाई ३–१ ले हराउँदै विजयी सुरूवात गरेको थियो ।
