काठमाडौँ – विजेता बन्न नपाएको भोक मेटाउन म्यान्मारसँग नेपाल भिड्दै छ । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनल खेल आज साँझ ६ बजेदेखि शुरु हुदै छ । फाइनल खेलमा नेपाल र म्यान्मार भिड्दै छन् । चार देशले भाग लिएको च्याम्पियनसिपमा म्यानमार र नेपाल पहिलो र दोस्रो स्थानमा रहदै फाइनलमा पुगेका हुन् ।
म्यान्मारले लिग चरणका तीन खेलमा २ जित र एक बराबरीसहित ७ अंक हासिल गरेको थियो भने नेपालसँग बराबरी खेलेको थियो ।
त्यस्तै नेपालको पनि तीन खेलमा २ जित र एक बराबरीसहित ७ अंक नै रहेको र गोल अन्तरको आधारमा दोस्रो स्थानमा रहदै फाइनलमा पुगेको हो । आजको फाइनल खेल अत्यन्त रोमाञ्चक हुने आँकलन गरिएको छ ।

