नेपाल र भारतका बिच भएको साफ यु-२० च्याम्पियनसिप खेल १-१ गोलको बराबरीमा टुङ्गिएको छ । भुवनेश्वरस्थित कालिङ्गा रङ्गशालामा भएको खेल प्रतिस्पर्धात्मक हुनुका साथै तनावग्रस्त पनि भएको थियो ।
बराबरी खेलपछि चार खेलमा १० अङ्क ल्याएसँगै बङ्गलादेश शीर्ष स्थानमा रहँदै फाइनलमा प्रवेश गरेको छ भने नेपाल फाइनलमा पुग्न भारत र मालदिभ्सको खेल हेर्नु पर्ने भएको छ ।
भारतलाई मालदिभ्सले हराएमा मात्र नेपाल फाइनलमा पुग्नेछ । भारतले मालदिभ्सलाई जिते या बराबरी खेले मात्र पनि भारत नै फाइनलमा पुग्नेछ ।
