विराट कोहलीले भारतीय टेस्ट क्रिकेट टोलीको कप्तान पदबाट राजीनामा दिने घोषणा गरेका छन् । तीन महिनाभन्दा कम समयअघि उनले आफ्नो राष्ट्रिय टोलीको सीमित ओभरको कप्तानको पदबाट राजीनामा दिएका थिए ।
भारतले दक्षिण अफ्रिकासँग टेस्ट शृंखला १-२ ले पराजय भोगेको एक दिनपछि यो घोषणा भएको हो । कोहलीले सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै यो घोषणा गरेका हुन् । ३३ वर्षीय कोहलीले २०१५ बाट टेस्ट टिमको कप्तानी सम्हालेका थिए ।
कोहलीले भारतीय कप्तानको रूपमा आफ्नो यात्रामा साथ दिएकोमा BCCI र आफ्ना सहकर्मीहरूलाई धन्यवाद दिए ।
कोहलीले ६८ टेस्ट खेलमा ४० जितसहित भारतीय टोलीको नेतृत्व गरेका थिए । कोहलीको ५८ को जीत प्रतिशत एमएस धोनी र सौरभ गांगुली लगायतका अन्य भारतीय टेस्ट कप्तानहरूमध्ये उत्कृष्ट छ ।
— Virat Kohli (@imVkohli) January 15, 2022
