काठमाडौ । ५ अक्टोबरदेखि भियतनाममा सुरु हुने एएफसी यु १७ एसियन कप छनोट खेलका लागि नेपाली टिमलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिदाई गरेको छ ।
मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले गत महिना श्रीलंकामा सम्पन्न साफ यु १७ च्याम्पियनसिप खेलेको टोलीमा दुई खेलाडी मात्र परिवर्तन भएको बताएका छन् । साफ यु १७ च्याम्पियनसिप खेलमा टिममा रहेका मिराक लिङ्देन र प्रितम कार्कीले एएफसी यु १७ एसियन कप छनोट खेलमा भने टिममा स्थान बनाउन सकेनन् ।
यस पटकको एएफसी यु १७ एसियन कप छनोट खेलमा मिराक लिङ्देन र प्रितम कार्की बाहिरिँदा श्रेयान्स मानन्धर र राम थापाले टिममा स्थान बनाउन सफल भए । ५ अक्टोबरदेखि सुरु हुने प्रतियोगितामा नेपाल समूह ‘एफ’ मा रहेको छ । एफ समूहमा घरेलु टिम भियतनाम, चाइनिज ताइपेइ र थाइल्यान्ड छन् । नेपालले ५ अक्टोबरमा थाइल्यान्डविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।
नेपाली टिमः
गोलकिपरः कृशल मोक्तान, समिर चन्द, रुवेन बोगटी
रक्षकः अश्विन घोरासैनी, सेमन्त थापा, मदन पौडेल, दीपक थापामगर, निशान्त तामाङ, युनिस मगर, विक्रम तामाङ, श्रेयान्स मानन्धर, धिरज विश्वकर्मा, राम थापा
मिडफिल्डरः प्रशान्त लक्षम, सरोज दर्लामी, हरिसराज भट्ट, लछु थापा, युनेस बुढाथोकी,
फरवार्डः निरज कार्की, धनसिंह विक, विनोद केसी, सिजल राई, सुवास बम
