जसपा नेपाल गठबन्धनबाट बाहिरिने

काठमाडौ । जनता समाजवादी (जसपा) नेपालले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन एकल्यै लड्ने भएको छ । शनिबार बसेको जसपा कार्यकारिणी समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकपछि विज्ञप्ति जारी गर्दै प्रवक्ता मनीष सुमनले ५ दलीय गठबधनमा सिट बाँडफाँटमा पार्टीको असन्तुष्टि रहेको बताए ।

उनले भने, ‘संघीय संसद् र प्रदेश सभा सदस्यको निर्वाचनमा सिटको तालमेलमा भइरहेको सिट बाँडफाँडको छलफलमा हाम्रो पार्टीका लागि सन्तोषजनक अवस्था नदेखिएको हुँदा गठबन्धनबाट बाहिरिने कार्यकारिणीको निर्णय छ ।’ पार्टीले अन्य राजनीतिक दलहरूसँग सिटको तालमेल गर्न सकिने जनाएको छ । तालमेलन हुन नसके एक्लै निर्वाचनमा भाग लिने जसपाले निर्णय गरेको छ


Recommended For You