विश्वकप क्रिकेट लिग–२ : नेपालद्वारा नेदरल्यान्डलाई १७२ रनको लक्ष

काठमाडौं । आइसिी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत जारी खेलमा नेपालले नेदरल्याण्डलाई १७३ रनको लक्ष्य दिएको छ। काठमाडौंको त्रिवि क्रिकेट मैदानमा भएको खेलमा ४९।३ ओभरमा नेपालले १७२ रन बनाएर अलआउट भएको हो।

नेपालका इनिङ सम्हालेर ब्याटिङ गरिरहँदा कुशल भुर्तेल ६६ रन बनाएर आउट हुँदा नेपालको ब्याटिङ धरमराएको थियो। इनिङको अन्त्यमा करण केसी र आरिफ शेखले नेपाली इनिङ उकास्न खोजेपनि अन्य खेलाडीले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। करण केसीले २६ रन बनाएर आउट हुँदा आरिफ शेखले २२ रन बनाए। आरिफले १ चौका तथा करणले १ चौका र २ छक्का प्रहार गरे।

भुर्तेलले ९३ बल खेल्दा ८ चौका प्रहार गरे। नेपालका लागि आशिफ शेखले १७, कप्तान रोहित पौडेलले १६ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन्। आशिफले २ चौका र १ छक्का तथा रोहितले २ चौका प्रहार गरे। अनिल साहले १ छक्का प्रहार गर्नबाहेक अन्य खेलाडीले बाउन्ड्रि प्रहार गर्न सकेनन्।

टस जितेर बलिङ रोजेको नेदरल्याण्डका लागि बलरहरुले कसिलो बलिङ गरे। पहिलो विकेट ४२ रनमा झारेयता नेदरल्याण्डले नेपाली ब्याटरहरुलाई खुलेर ब्याटिङ गर्न दिएनन्। नेदरल्याण्डका लागि भिभियन किङ्मा र आर्यन दत्तले ३र३ विकेट तथा बस डिलिडेले २ विकेट र भानडर मेर्वेले १ विकेट लिए।

यसअघिको खेलमा नेपालले नेदरल्याण्डलाई ९ विकेटले पराजित गरेको थियो भने नामिबियासँग दुवै खेलमा पराजय बेहोरेको छ। जारी त्रिकोणात्मक सिरिजको यो अन्तिम खेलको हो। लिग टुमा नामिबिया ४ मध्ये ३ खेल जित्दै शीर्ष स्थानमा छ भने नेपाल र नेदरल्याण्ड १–१ खेल जितेर क्रमश: दोस्रो र तेस्रो स्थानमा छन्।


Recommended For You