काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट खेलाडीहरूको ग्रेड छुट्याएको छ। क्यानले पुरुषतर्फ ३० जना र महिलातर्फ १९ जना खेलाडीको ग्रेड छुट्याएको हो। ए, बी, सी, डी र इमर्जिङ क्याटोगर गरी पाँच वर्गमा छुट्याइएको खेलाडीहरूको तलब पनि एक लाख पुर्याइएको छ।
एमा पर्ने पुरुष खेलाडीको मासिक मूल्य एक लाख हुने क्यानका सचिव पारस खड्काले जानकारी दिएका छन्। त्यस्तै बीका खेलाडीलाई ७० हजार, सीका खेलाडीलाई ५५ हजार, डीका खेलाडीलाई ३५ हजार र इमर्जिङ क्याटोगरलाई २५ हजार मासिक तलब तोकिएको हो। पुरुषतर्फ एमा कप्तान रोहित पौडेल, सोमपाल कामी, करण केसी, दीपेन्द्र सिंह ऐरी, आसिफ सेख र कुशल भुर्तेल छन् भने बीमा कुशल मल्ल, गुलशन झा, भीम सार्की, ललित नारायण राजवंशी, आरिफ सेख र अविनाश बोहरा छन्।
त्यस्तै, सीमा बिनोद भण्डारी, अर्जुन साउद, सन्दीप जोरा र प्रतिस जिसी छन् भने डीमा पवन सर्राफ, सागर ढकाल, अनिल साह, बिवेक कुमार यादव, आकाश चन्द, बसिर अहमद र सूर्य तामाङ छन्। त्यस्तै इमर्जिङ क्याटोगरमा दीपेश कँडेल (कोशी), रुपेस सिंह (मधेस), रिजन ढकाल (बागमती), विपीन खत्री (गण्डकी), देव खनाल (लुम्बिनी), अर्जुन घर्ती (कर्णाली) र हेमन्त धामी ( सुदूर पश्चिम) रहेका छन्।
