नेदरल्याण्ड्ससँग खेलिरहेको छ । कीर्तिपुरस्थित त्रिविको मैदानमा नेपालले जितका लागि १८५ रनको चुनौती पछ्याउँदै छ । खेलमा टस जितेर नेपालले पहिले बलिङ गर्दै खराब प्रदर्शन गरेको हो ।
नेदरल्याण्डले मात्र ४ विकेटको क्षतिमा १८४ रन बनायो । नेदरल्याण्ड्सका लागि डेब्यु खेलाडी माइकल लेभिटले ३६ बलमा ५४ रन बनाए । नेपालले पहिलो खेलमा मंगलबार नामिबियासँग हार बेहोरेको थियो । त्यति मात्र होइन, नामिबियाले विश्वकप लिग–२ का दुवै खेलमा नेपाललाई पराजित गरेको थियो ।
यसैले पनि मनोबल बढाउन नेपालले आजको खेलमा नेदरल्याण्डलाई हराएर दोस्रोपटक नामिबियासँग भिड्दा जित्ने गरी नै मैदानमा उत्रनुको विकल्प छैन । नेपालले पहिलो पटक घरेलु मैदानमा कमजोर खेलिरहेको हो ।
नेपाल–नामिबिया पहिलो खेल:
खेलमा नेपाल २० रनले पराजित भयो । २०७ रनको फराकिलो चुनौती पछ्याएको नेपालले १८.५ ओभरमा सबै विकेट गुमाएर १८६ रनमात्र बनाउन सक्यो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ३२ बलमा ४८ रन बनाए । कप्तान रोहित पौडेलले २४ बलमा ४२, कुशल मल्लले २१ बलमा ३२ तथा सोमपाल कामीले ११ बलमा २६ रन बनाए । रुबेन ट्रम्पेलमानले सर्वाधिक ४ विकेट लिए ।
यसअघि खेलमा नामिबियाले टस जितेर पहिले ब्याटिङ गर्दै ४ विकेटको क्षतिमा २०६ रन बनायो । नामिबियाका लागि जान निकोल लोफ्टि इटनले कीर्तिमानी शतक बनाए । उनले मात्र ३३ बलमा शतक पूरा गरेर नेपाली खेलाडी कुशल मल्लको नाममा रहेको ३४ बलमा बनाएको शतकको कीर्तिमान तोडेका हुन् । उनले ३६ बलमा १०१ रन बनाए ।
चौथो विकेटका लागि १३५ रनको साझेदारी गर्ने क्रममा मलान क्रुगरले ४८ बलमा अविजित रहँदै ५९ रन बनाए । रोहितले सर्वाधिक २ विकेट लिए । त्यस्तै करण केसी र अविनाश बोहराले १–१ विकेट लिए । नेपाल र नामिबियासँगै नेदरल्याण्ड्स पनि श्रृंखलामा रहेको छ । आईसीसी विश्वकप लिग–२ को एक दिवसीय श्रृंखलापछि टी–२० श्रृंखला शुरु भएको हो । लिग–२ मा नामिबियाले ३ खेल, नेदरल्याण्ड्सले २ खेल तथा नेपालले १ खेलमात्र जितेको थियो ।
