टी–२० सिरिज : नामिबियाविरुद्ध नेपालको रोमाञ्चक जित

काठमाडौं । जारी टी–२० सिरिजअन्तर्गत चौथोे खेलमा नामिबियाविरुद्ध लेपालले रोमाञ्चक ३ रनको जित निकालेको छ । त्रिकोणात्मक टी–२० सिरिजको चौथो खेलमा नेपालले पहिलो जित निकालेको हो । पहिलो खेलमा नामिबियासँग २० रनले पराजित भएको नेपालले आजको रोमाञ्चक खेलमा नामिबियालाई ३ रनले पराजित गरेको हो । टियू क्रिकेट मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले ८ विकेटको क्षतिमा १ सय ८० रन बनाएको थियो । १ सय ८१ रनको लक्ष्य पच्छ्याएको नामिबियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ७७ रन मात्र बनाउन सक्यो ।

३ परिवर्तनसहित मैदान उत्रिएको नेपालले ओपनर आसिफ शेख दोस्रो ओभरमा १ रन बनाएर बेन सिकोन्गोको सिकार भए । कप्तान रोहित पौडेललाई ज्याक ब्रासेलले १० रनमा पेवलियन फर्काए । ज्याक ब्रासेलले यसै खेलमार्फत् टी–२० आई डेब्यू गरेका हुन् । जन निकोल लोफ्टी–इटनले अनिल साहलाई २३ रनमा आउट गर्दा नेपालले ७ ओभरमा ३ विकेट गुमाएर ५८ रन बनाएको थियो ।

लगतै गुल्सन झा पनि २६ रन बनाएर बर्नार्ड स्कोल्ट्जको एलबीडब्यू धरापमा परे । पाचौँ विकेटका लागि आरिफ शेख र कुशल मल्लले ८५ रनको साझेदारी गर्दै नेपालको इनिङ्स सम्हाले । आरिफ ३१ रन बनाएर जान फ्रिलिन्कको बलमा क्याच आउट भए । पेीन्द्रसिंह ऐरी १६, करण केसी ७ र सामपाल कामी २ रनमा बाहिरिए । कुशल मल्लले सर्वाधिक ५५ रनको अविजित अर्धशतकिय इनिङ्स खेले ।


Recommended For You