काठमाडांै । नेपाली बलर चम्किएपछि त्रिदेशीय टी–२० सिरिजअन्तर्गत नेदरल्याण्ड्सले जितका लागि नेपाललाई १२१ रनको सामान्य लक्ष्य दिएको छ । कीर्तिपुरस्थित मैदानमा टस जितेर ब्याटिङ रोजेको नेदरल्याण्ड्स १९.३ ओभरमै अलआउट भएको हो ।
नेपालका लागि करण केसी, प्रतिश जिसी, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले प्रत्येक ओभरमा २र२ विकेट लिए । पहिलो ओभरमै नेपालका लागि करण केसीले दुई विकेट लिएका थिए । करण केसीले माइकल लेभिटलाई पहिलो ओभरको चौथो बलमा ४ रनमा क्याचआउट गराएका थिए । चौथो बलमा लेबिटलाई दीपेन्द्रसिंह ऐरीको हातबाट क्याचआउट गराएपछि पहिलो ओभरको अन्तिम बलमै फेरि करणले साइब्रान्डलाई आशिफ शेखबाट क्याचआउट गराएर उत्कृष्ट स्रूआत दिलाएका थिए ।
नेपालका लागि प्रतिश जिसीले ३, केसीले २ र कुशल मल्लले पनि २ विकेट लिए । करणपछि नवौ ओभरमा प्रतिश जिसीले पनि दुई विकेट निकालेर नेदरल्याण्डसलाई दबाबमा राखे । ८।१ ओभरमा जिसीले स्कट एडवार्डलाई १८ रनमा बोल्ड गरेका हुन् । इडवार्डले २१ बलमा १८ रन बनाए । जिसीले ८।५ ओभरमा म्याक्स ओडाउडलाई पनि बोल्ड गर्न पुगे । आउट हुनु अघि म्याक्सले २४ बलमा ३१ रन बनाए ।
१० औं ओभरमा कुशल मल्लले पनि २ विकेट लिए । कुशलले ९।५ र अन्तिम ओभरको अन्तिम बलमा लगातार दुई विकेट लिए । कुशलले नस क्रसलाई ३ र आर्यन दत्तालाई शून्य रनमा आउट गरेपछि १० ओभरमा नेदरल्याण्डस् ६० रन जोड्दा ६ विकेट गुमाउन पुग्यो । दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए । १८ औ ऐरीको ओभरमा पनि नेपालले २ विकेट लियो । १४. ३ ओभरमा प्रतिशले फेरि तेजा निदामनरुलाई ५ रनमा बोल्ड गर्दै तीन विकेट लिए । नेदरल्याण्डसका लागि म्याक्स ओडाउडले ३१ रन जोडे ।
