आयरल्यान्डविरुद्ध नेपाल ‘ए’ ले टस हारेर फिल्डिङ गर्दै

काठमाडौं । नेपाल ‘ए’ले पहिलो एक दिवसीय अभ्यास खेलमा आयरल्यान्ड एसँग टस हारेर पाहिला फिल्डिङ गर्दैछ । आयरल्यान्डका कप्तान निल रकले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएका छन् । नेपाल र आयरल्यान्ड एबीच तीन एक दिवसीय खेलको सिरिज हुनेछ । सिनियर टोलीसँग दुई टी–२० खेलमा आयरल्यान्ड एले दुवै खेलमा हारेको थियो । नेपाल एसँग तीन टी–२० खेलको सिरिज आयरल्यान्ड एले २–१ ले जितेको थियो ।

नेपाल एमा ओडिआईका पहिलो रोजाइका खेलाडी आरिफ शेख र भीम सार्की छन् । तेस्रो टी–२० खेलमा नेपाल एलाई जिताउन आरिफ शेखले ९३ रन बनाएका थिए । विनोद भण्डारी, देव खनाल, अर्जुन साउद पनि नेपाल एमा छन् ।

नेपालको प्लेइङ ११

विनोद भण्डारी, अर्जुन कुमाल, देव खनाल, भीम सार्की, अर्जुन साउद, आरिफ शेख, बसिर अहमद, कमलसिंह ऐरी, शहब आलम, रिजन ढकाल र मौसम ढकाल ।

बेन्च ः रञ्जित कुमार, रुपेश सिंह, विकाश आग्री र नरेन भट्ट ।


Recommended For You