टस हारेर मलेसियाविरुद्ध नेपाल फिल्डिङ गर्दै

काठमाडौं । एसिसी प्रिमियर कपको पहिलो खेलमा नेपालले टस हारेर फिल्डिङ गर्नुपर्ने भएको छ। ओमानमा हुने खेलमा टस जितेर मलेसियाले ब्याटिङ रोजेको छ। एसिया कप छनौटसमेत रहेको एसीसी प्रिमियर कपको नेपाल पूर्व च्याम्पियन पनि हो। यसअघिको संस्करणमा च्याम्पियन बन्दै नेपालले एसिया कपमा भारत र पाकिस्तानसँग खेलेको थियो।

आजै भएको खेलमा आयोजक ओमान र युएई विजयी बनेको छ। ओमानले बहराइनलाई ३ रन र युएईले कुवेतलाई ७ विकेटले पराजित गरेको थियो।

यी हुन् प्लेइङ ११ मा परेका नेपाली खेलाडीः
कप्तान रोहितकुमार पौडेलसहित गुल्सन झा, करण केसी, प्रतिश जिसी, कुशल भूर्तेल, सन्दीप जोरा, विवेक यादव, अविनाश बोहरा, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, कुशल मल्ल, आसिफ शेख र अनिल साह छन् ।


Recommended For You