काठमाडौं । साउदी अरेबियाले नेपाललाई ७४ रनको लक्ष्य प्रस्तुत गरेको छ। एसिसी प्रमियर कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा साउदीले निर्धारित ८ ओभरको खेलमा ७ विकेट गुमाएर ७३ रन बनाएको हो।
साउदीका लागि अब्दुल वाहिदले सर्वाधिक ३७ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्। नेपालका लागि करण केसी र अविनाश बोहोराले २(२ र ललित राजबंशी र प्रतिश जिसीले १(१ विकेट लिए। वर्षाका कारण पिच प्रभावित भएपछि खेल ८ ओभरमा झारिएको थियो।
