गणेशमान सिंह टी–२० क्रिकेटः सुदूरपश्चिमद्वारा बागमती पराजित

काठमाडौँ । वीर गणेशमान सिंह टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश बागमती प्रदेशलाई पराजित गर्दै विजयी भएको छ ।  मूलपानी क्रिकेट मैदानमा भएको लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिमले बागमतीलाई तीन विकेटले पराजित गर्दै प्रतियोगितामा जित हासिल गरेको हो ।

बागमतीले प्रस्तुत गरेको ७१ रनको सामान्य लक्ष्य सुदूरपश्चिमले १०.२ ओभरमा सात विकेट गुमाउँदै पूरा ग¥यो । सुदूरपश्चिमका लागि गजेन्द्र बोहरा र वसन्त कार्कीले समान १७÷१७ रन बनाए भने नरेन साउदले १० रन बनाए । बागमतीका लागि इशान पाण्डेले तीन विकेट लिँदा रिजन ढकालले दुई तथा सोनु देवकोटाले एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बागमतीले १९.१ ओभरमा सबै विकेट गुमाउँदै ७० रनको योगफल बनाएको थियो । बागमतीका लागि सोनु देवकोटाले सर्वाधिक ३५ रनको योगदान दिए । त्यस्तै रिजन ढकालले १७ रन जोड्नुबाहेक अन्य खेलालीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
सुदूरपश्चिमका लागि भोजराज भट्टले चार विकेट लिए भने हेमन्त धामीले तीन विकेट लिए । त्यस्तै शेर मल्लले दुई तथा नारायण जोशीले एक विकेट लिए ।


Recommended For You