काठमाडौं । पाँचौँ तथा अन्तिम टी–२० क्रिकेटमा वेस्ट इन्डिज ुएु ले नेपाललाई १ सय ७३ रनको लक्ष्य दिएको छ । कीर्तिपुर मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको वेस्ट इन्डिज ुएु ले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७२ रन बनायो । उसका लागि कप्तान रोस्टन चेसले ३३ र एलिक एथेनाजले अविजित ४२ रन बनाए । नेपालका लागि सोमपाल कामी र सागर ढकालले समान तीन विकेट लिए । अविनाश बोहोराले एक विकेट लिए ।
पाँच खेलको शृङ्खला यसअघि नै वेस्ट इन्डिज एु ३–१ ले जितिसकेको छ । अस्ति भएको चौथो खेलमा नेपाल २८ रनले पराजित भएको थियो । पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ुएु लाई चार विकेटले हराएको थियो । त्यसपछि दोस्रो खेलमा नेपाल १० रन र तेस्रो खेलमा ७६ रनले पराजित भयो । यो शृङ्खलापछि नेपाली टोली टी–२० विश्वकप खेल्न अमेरिका जानेछ । टोलीको हिजो बिदाइ गरिएको छ ।
नेपालले आइसिसी टी–२० विश्वकपको तयारी स्वरूप वेस्ट इन्डिज एुसँग पाँच खेलको शृङ्खला खेलेको हो । यो शृङ्खलापछि नेपाली टोली टी–२० विश्वकप खेल्न अमेरिका जानेछ ।अमेरिका र वेस्ट इन्डिजमा आउँदो जुनमा हुने टी–२० विश्वकपका लागि राष्ट्रिय टोली दुई चरणमा भोलि फ्लोरिडा जाने तालिका छ । टी–२० विश्वकपमा नेपाल समूह ुएु मा छ । यो समूहमा दक्षिण अफ्रिका, श्रीलङ्का, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन् ।
