नेपाल ‘ए’को पहिलो जित, क्यानडा २ विकेटले पराजित

काठमाडौँ । दोस्रो एक दिवसीय क्रिकेटमा जितका लागि नेपाल एले क्यानडा पराजित बनेको छ। २४१ रनको लक्ष्य पाएको नेपालले ८ विकेट गुमाएर पूरा गरेको हो। बसिर अहमद ७३ बलमा ५२ अभिजित रहे भने कप्तान सन्दीप जोरा ७४ बलमा ६६ रन बनाए।

यस्तै, रसिद खानले ५१ बलमा ४७ रन बनाए। मूलापनी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडा खेल सकिन १ बल बाँकी छँदा २४० रनमा अलआउट भएको थियो।

बलिङमा नेपालका शाहव आलमले ३, शेर मल्ल र रशिद खानले २–२, बसिर अहमद र सागर ढकालले १.१ विकेट लिए भने क्यानडाका श्रेयास मोभाले सर्वाधिक ६८ रन जोडे। नवनित धलिवलले ४६, सृमन्थ विजयरत्नेले ४१ र आरोन जोन्सनले ३६ रनको योगदान दिएका थिए।

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा नेपाल ‘ए’ पराजित क्यानडासँग ४ विकेटले पराजित भएको थियो।


Recommended For You