टी–२० सिरिज : नेदरल्याण्ड्सविरुद्ध शानदार जित निकाल्दै नेपाल फाइनलनजिक

काठमाडौं । त्रिदेशीय टी–२० सिरिजमा नेपालले नेदरल्याण्ड्सस्विरुद्ध सहज जित निकालेको छ । नेपाली बलरको उत्कृष्ट प्रदर्शनपछि पाएको १२१ रन सामान्य लक्ष्य ओभरमा ४ विकेट गुमाएर पूरा गर्दै सहज जित हात पारेको हो ।

सिरिजको नेपाल नेदरल्याण्ड्स र नामिबियासँग एक खेल हारेपछि दुवै टिमलाई लगातार हराउन सफल भएको हो । शुक्रबार नेपालले नामिबियालाई ३ रनले पराजित गरेको थियो । सामान्य लक्ष्य पूरा गर्ने क्रममा नेपालका लागि गुल्सन झाले ३६ बलमा ३८ रन बनाए । कप्तान रोहित पौडेलले ३४ बलमा ४६ रन बनाए । ओपनर कुशल भुर्तेलले १२ र आशिफ शेखले ८ रन बनाए ।

टस जितेर ब्याटिङ थालेको नेदरल्याण्डस्लाई धराशयी बनाउन प्रतिश जिसीले ३, करण केसी, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीको एकै ओभरमा नेपालले दुई/दुई विकेट लियो ।नेदरल्याण्डस्का लागि म्यास ओडडले ३१, टिम भार डेरले २४, रोलोफ भानडेरले २३ र स्कट एडवार्डले १८ रन बनाए ।

नेपाल फाइनलनजिक

आइतबार हुने नेदरल्याण्डस र नामिबियाबीचको खेलले फाइनल पुग्ने दुईवटा टिमको पक्का गर्नेछ । भोलिको खेलमा नेदरल्याण्डस्ले जिते नेपाल फाइनल पुग्नेछ । नामिबियाले नेदरल्याण्डसलाई जिते तीनवटै टिमको दुई दुई अंक हुनेछ । यस्तोमा राम्रो रनरेट हुने दुई टोली फाइनलमा पुग्नेछन् । नेदरल्याण्डस्लाई राम्रो रनरेटनले पराजित गरेपछि नेपाल लगभग फाइनलनजिक देखिएको हो ।


Recommended For You