त्रिकोणात्मक टी–२० : नेपाल र हङकङबीचको खेल वर्षाले रद्द

काठमाडौँ । हङकङमा भएको त्रिकोणात्मक टी–२० शृङ्खलाअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ ।

हङकङको मोङकोकस्थित मिसन रोड क्रिकेट मैदानमा हङकङले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको थियो । तर पहिलो पारीको आठौँ ओभरमा चलिरहँदा पानी परेपछि खेल रोकिएको हो । हङकङले आठ ओभरमा दुई विकेट गुमाउँदै ६५ रन बनाएको थियो । त्यसअघि पाँच ओभर पूरा हुँदा पनि वर्षाका कारण खेल प्रभावित भएको थियो । हङकङका लागि अंशुमन रथले ३६ र बाबर हायत तीन रन बनाएका थिए । हङकङका लागि निजाकान्त खानले २५ रन बनाए ।

नेपालका लागि करण केसी र गुल्सन झाले समान एक/एक विकेट लिए । शनिबार भएको नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेलमा नेपाल ७३ रनले पराजित भएको थियो । अब नेपालले यही २९ फागुनमा पपुवा न्युगिनसँग प्रतिस्पर्धा गर्नेछ ।


Recommended For You