काठमाडौं । तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खलाको दोस्रो खेलमा आयरल्यान्ड ‘ए’ु ले नेपालको ‘ए’ टोलीलाई १ सय ७५ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको आयरल्यान्ड ‘ए’ ३८ ओभर ४ बलमा १ सय ७४ रन बनाउँदा अल आउट भयो । आयरल्यान्ड ‘ए’ु का गभिन होएले ५०, कप्तान निल रकले ४५, लायम म्याककार्थीले ३५ रन बनाए । बलिङतर्फ नेपाल एका रिजन ढकाल र शाहब आलमले समान ३ विकेट लिए । यस्तै मौसम ढकालले २ र कमलसिंह ऐरीले १ विकेट लिए ।
एकदिवसीय शृङ्खलाको पहिलो खेलमा नेपाल एु २१ रनले पराजित भएको थियो । नेपाल एु र आयरल्यान्ड एु बीचको अन्तिम खेल आइतबार हुनेछ । यसअघि नेपाल एु टोलीसँगको तीन खेलको टी–२० क्रिकेट शृङ्खला आयरल्यान्ड एु ले २–१ ले जितेको थियो ।
