हार्‍यो बरोडासँग नेपाल

काठमाडौं । नेपाल बरोडासँग ३७ रनले पराजित भएको छ। बरोडाले दिएको १५७ रनको लक्ष्य पछ्याएको नेपालले १८.५ ओभरमा अलआउट हुँदै ११९ रन मात्र बनाउन सक्यो। नेपालका लागि सन्दीप जोराले सर्वाधिक ५६ रन बनाए। अन्य खेलाडीले सम्मानजनक रन जोड्न सकेनन्।

यसअघि टस जितेर ब्याटिङ गरेको बरोडाले निर्धारित ओभरको खेलमा ८ विकेट गुमाएर १५६ रन बनाएको थियो। बरोडाका लागि शासवत रावतले ३१ रन र ध्रुव पटेलले २९ रन बनाए। नेपालका लागि गुल्शन झा र करण केसीले २.२ विकेट लिए।

नेपाल, गुजरात र बरोडा सम्मिलित फ्रेन्डसीप प्रतियोगितामा नेपाल यसअघि नै फाइनल प्रवेश गरिसकेको छ। नेपालले बरोडासँगको पहिलो खेल र गुजरातसँगको दुवै खेल जितेको थियो।


Recommended For You