नेपाल ‘ए’ लाई आयरल्यान्डको विशाल लक्ष्य

काठमाडौं । तीन खेलको एकदिवसीय सिरिजको अन्तिम खेलमा आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ विरुद्ध २ सय ८५ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।
टस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्डका लागि ओपनर स्टेफेन डोहेनीले १ सय ७ रनको शतकीय इनिङ खेल्दा आयरल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८४ रनको उच्च स्कोर बनायो।

आयरल्यान्डले सुरुवातबाटै उत्कृष्ट प्रदर्शन गरेको थियो। उसका लागि थप दोहोरो स्कोरका रूपमा पिटर नुरले ४४ रन बनाउँदा मर्ऊन टोपिङ्गले २१ रन बनाए। त्यस्तै, गाभिन होनीले १४ रन बनाउँदा फिओन हान्डले २० तथा म्याथ्यु हमफ्रेयसले २३ रन बनाए। बेन ह्वाइट १९ रनमा अविजित रहे। नेपालका लागि रिजन ढकाल र रञ्जित कुमारले समान ३(३ विकेट लिए पनि टिमको हार टार्न भने सकेनन्। त्यस्तै, विकास आग्री र सहाव आलमले समान १–१ विकेट लिएका थिए।

अघिल्ला दुई खेलमा पराजित भएर सिरिज गुमाइसकेको नेपाल एकदिवसीय सिरिजको अन्तिम खेल जित्दै क्लिन स्विप हुनबाट जोगिने प्रयासमा रहेको छ। नेपालले सिरिजमा पहिलो खेल २१ रन र दोस्रोमा १ सय १४ रनको फराकिलो अन्तरले गुमाउन पुगेको थियो। नेपाल पहिलो खेलमा १५८ रनको लक्ष्य पछ्याउने क्रममा १ सय ३६ रनमा समेटिँदा दोस्रो खेलमा १ सय ७५ रनको लक्ष्य पछ्याउँदा ६० रनमै अलआउट भएको थियो।


Recommended For You