टस हारेर नेपाल वेस्ट इण्डिजविरूद्ध पहिले बलिङ गर्दै, टिममा चार परिवर्तन

काठमाडौं । वेस्ट इण्डिजविरूद्धको टी–२० सिरिजको अन्तिम खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ। त्रिवि मैदानमा टस जितेर वेस्ट इण्डिजले ब्याटिङ रोजेपछि नेपालले बलिङ गर्ने भएको हो।

पाँच खेलको टी–२० सिरिजको अन्तिम खेल बाँकी छँदै वेस्ट इण्डिजले सिरिज आफ्नो पक्षमा पारिसकेको छ। आजको खेलमा नेपाली टोलीमा चार परिवर्तन गरिएको छ। गुल्सन झा, करण केसी, कमलसिंह ऐरी र ललितनारायण राजवंशीलाई आज बेञ्चमा राखिएको छ। आज अभिनाश बोहोरा, सागर ढकाल, अनिल साह र सन्दीप जोरालाई खेलाइएको छ।

दबाब नहुने हँदा दुवै टिमले आज खुलेर खेल्ने मौका पाउनेछन्। दुवै देशले विश्वकपको तयारीस्वरूप सिरिज खेलेको हो। नेपालले यही सिरिजका बीच टी–२० विश्वकप खेल्ने नेपाली टिम घोषणा गरेको थियो। अर्को महिना टी–२० विश्वकप खेल्न वेस्ट इण्डिज नै जाने नेपालका लागि आजको खेल महत्वपूर्ण हुनेछ।

अघिल्ला खेलहरूमा कप्तान रोहित पौडेलको बाहेक अन्य खेलाडीको प्रदर्शन त्यति सन्तोषजनक हुन सकेको छैन। त्यसलाई सुधारेर आजको खेलमा राम्रो प्रदर्शन गर्ने मौका उनीहरूलाई रहन्छ।


Recommended For You