२० असोजमा सन्दीप नेपाल आउने

काठमाडौं । नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने २० असोजमा नेपाल आउने बताएका छन् ।

सन्दीपले २० असोजमा नेपाल आउने समाजिक सञ्जालमार्फत जानकारी गराएका हुन् ।

भदौको पहिलो साता नाबालिगलाई सिनामंग लको होटलमा बलात्कार गरेको आरोप उनलाई लागेको छ । जिल्ला अदालतले सन्दीपलाई पक्राउ पुर्जी गरेको छ । क्यानले कप्तानबाट निलम्बनसमेत गरेको थियो ।

क्यारेबियन प्रिमियर लिग खेल्न जमैका रहेका सन्दीप नेपालमा पक्राउ पुर्जी जारी भएसँगै त्यहाँबाट हिँडेका थिए ।

त्यसपछि सन्दीप क्यान र नेपाल प्रहरी दुवैको सम्पर्क थिएनन् ।


Recommended For You